जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकद्वारा वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकद्वारा वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंक लिमिटेडले नेशनल एकेडेमीअफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । असार २८ गते सोमवार आफ्नो ३७औं वार्षिकोत्सको अवसरमा एक औपचारिक कार्यक्रमकावीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालवीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापनागर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ

8410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका