

अधिकांश बैंकले आजबाट कर्जाको ब्याजदर घटाएका छन् । यसमध्ये केहीले आधार दर नै घटाएका छन् भने केहीले आधारदर घटाउन नसके पनि प्रिमियम घटाएर ब्याजदर सस्तो पारेका छन् । हिजै यी बैंकले ब्याजदर परिवर्ततबारे जनाकारी गराएका थिए ।
सरकारी स्वामित्वका तीनवटै बैंकले आधार दर घटाउन सकेका छैनन् । उनीहरुले प्रिमियम घटाएर प्रतिस्पर्धी ब्याजदरमा सहभागि भएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले प्रिमियम घटाएका हुन् । उनीहरुसँगै हिमालयन, एनसीसी, प्रभू, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बंगलादेश र एनएमबी बैंकले पनि ब्याजदर घटाउन प्रिमियम छुट दिएका छन् ।
प्रिमियम घटाएर ब्याजदर कम गर्दा बैंकहरुको नाफामा यसको असर पर्ने हुन्छ । बैंकले प्रिमियमबाट प्राप्त सम्पूर्ण रुकम आम्दानीमा जोडेका हुन्छन् । केही बैंकले भने आम्दानीमा खासै असर नपर्ने गरी नै ब्याजदर घटाएका छन् ।
उनीहरुले आधारदर अर्थात् कोषको लागत नै घटाएर यस्तो परिस्थितिको निर्माण गरेका हुन् । बैंक अफ काठमाण्डू, सनराइज, नबील, मेगा, सिद्धार्थ, कुमारी, एभरेस्ट लगायत बैैंकले आधारदर नै घटाएका छन् ।
आधारदर घटाएपछि यसको असर सिधै ब्याजदरमा पर्छ । राष्ट्र बैंकले आधार दरको अनुपातमा हरेक तीन महिनामा एक पटक ब्याजदर समायोजन गर्न पाइने छुट बैंहरुलाई दिएको छ ।