जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance र मानुषी लघुवित्तले आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो बिहिबार दुवै कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

यस संगै अब दुवै कम्पनीलाई आईपिओ निष्काशनको बाटो खुलेको छ ।  सानिमा लाइफले ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  ।

त्यस्तै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ  । शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  ।

5985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका