जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना

नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ।

कम्पनीले ‘केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजना’ को सफलतापछि थप परिस्कृत रूपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको हो।

यो सावधिक जीवन बीमा योजना हो। यसमा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको बीमा हुन्छ। न्यूनतम एक लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ।

यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि वा ७ वर्ष उमेर पूरा भएपछि (जुनपछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ। त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ।

बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ। कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ।

त्यसैगरी बीमा जोखिम प्रारम्भपछि बीमितको मृत्यु भएमा तत्काल बीमांक रकमको २५ प्रतिशत भुक्तानी दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमांक रकम र आर्जित बोनस रकम ब्याजसहित एकमुष्ठ बीमा अवधि समाप्तिमा प्रस्तावकलाई भुक्तान गरिनेछ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ।

यदि बीमाशुल्क छुट सुविधा लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ। बीमालेख चालु रही बीमा अवधिभित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपांग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपांग अशक्त सुविधा उपलब्ध गराइने छ।

मासिक आय सुविधा लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमांकको १ प्रतिशत रकम मासिक रूपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ। बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्षपछि नै बच्चाको जोखिम बहन गर्न सकिनेछ।

बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।

5155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका