जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नयाँ आर्थिक बर्ष लागेपछि बैंकबाट ६१ अर्ब निक्षेप घट्यो

नयाँ आर्थिक बर्ष लागेपछि बैंकबाट ६१ अर्ब निक्षेप घट्यो

आर्थिक बर्ष लागेपछि बाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँले घटेको छ। मसान्तमा ४२ खर्ब एक अर्ब कुल निक्षेप रहेको २७ बाणिज्य बैंकसँग साउनको २२ गतेसम्म ४१ खर्ब ४० अर्बमा झरेको छ।

साउन लागेपछि हरेक साता निक्षेप घटिरहेको छ। साउनको पहिलो साता नै निक्षेप ४३ अर्बले घटेको थियो भने दोस्रो साता थप ६ अर्ब घटेको थियो। तेस्रो साता अर्को १२ अर्बले निक्षेप घटेको छ।

बैंकका अनुसार, मसान्तको निक्षेपलाई त्यसअघिको सातासँग तुलना गरेर विश्लेषण गर्नु पर्छ। अघिल्लो साता सरकारी खर्चका कारण निक्षेप ४२ खर्ब नाघेको थियो। त्यसपछि त्यो पैसा ठेकेदारहरुले झिक्न थालेपछि निक्षेपमा गिरावट आउन थालेको हो।

यद्यपी ऋणमा भने बिस्तार देखिएको छ। असार मसान्तपछि ऋण १२ अर्ब रुपैयाँले बिस्तार भएको छ। साउनको पहिलो साता भने ऋण १५ अर्बले घटेको थियो। मसान्तमा ऋण ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेकोमा साउनको पहिलो साता ३७ खर्ब ६ अर्बमा झरेको थियो।

साउनको २२ गतेसम्म आइपुग्दा ऋण फेरि ३७ खर्ब १६ अर्ब पुगेको हो। पछिल्लो सातासँग तुलना गर्दा ऋण १६ अर्ब रुपैयाँले बढेको छ।

(रु अर्बमा)
मिति निक्षेप ऋण
31/03/2077 3487 2903
30/06/2077 3654 3035
29/09/2077 3782 3244
31/12/2077 3944 3573
31/03/2078 4201 3721
08/04/2078 4158 3706
15/04/2078 4153 3716
22/04/2078 4140 3732

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका