जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नक्सालको तरकारीबजार निरीक्षणमा गभर्नर अधिकारी, ‘क्यूआर’बाट तरकारी र चियाको पैसा तिरे

नक्सालको तरकारीबजार निरीक्षणमा गभर्नर अधिकारी, ‘क्यूआर’बाट तरकारी र चियाको पैसा तिरे

गभर्नर महाप्रसाद अधिकारीले नक्सालको तरकारीबजारमा क्यूआर कोडको स्थलगत निरीक्षण गरेका छन् । दुई वर्ष अगाडि क्यूआर कोडको ‘औपचारिक’ सुरुवात गरिएको काठमाण्डौको नक्सालस्थित तरकारी बजार र चिया पसलमा गभर्नर अधिकारीले स्थलगत निरीक्षण गरेका हुन् ।

दुई वर्ष अगाडि आजकै दिन पुष १० गते गभर्नर अधिकारीले नक्सालस्थित तरकारी बजारमा सानिमा बैंकको क्यूआर कोड राखेर यसको औपचारिक सुरुवात गरेका थिए ।

स्थलगत निरीक्षणको क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा एउटा पसलबाट किनेको तरकारीको र चियाको पैसा क्यूआर कोडबाट भुक्तानी गरेका छन् । स्थलगत निरीक्षणको क्रममा गभर्नर अधिकारीसँगै उनको सचिवालयका केही सदस्य तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे पनि उपस्थित थिए ।

काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यका बाहिरका धेरै ठाउँमा पनि क्यूआर कोडको विस्तार भएकोमा खुसि व्यक्त गर्दै गभर्नर अधिकारीले यसलाई थप देशव्यापी बनाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सोहीअनुसार नीति निर्माण गरी सरोकारवालाहरुलाई यसको विस्तारमा प्रोत्साहन गरिरहेको बताएका छन् ।

२०७८ कात्तिक मसान्तसम्म क्यूआर कोड मार्फत १३ लाख ८७ हजार ५८४ वटा कारोबारबाट ५ अर्ब ३६ करोड २० लाखको कारोबार भएकोमा २०७९ कात्तिक मसान्तसम्म आइपुग्दा यसको प्रयोग उल्लेख्य बढेको छ । यो एक बर्षको अवधिमा कारोबार बढेर ४६ लाख १२ हजार वटा कारोबारबाट १६ अर्ब १४ करोड ४० लाखको कारोबार भएको छ।

2425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका