जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण !

बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण !

पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका–२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए ।

यस्तै, सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ । ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो ।

अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख छ । सुनारमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका