जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा तीन खर्ब ७५ अर्ब, निजीवन कम्पनीहरुको १५ अर्ब रकम सञ्चालक र सीइओ साबहरुले आ–आफ्नो स्वार्थ वाझिने कम्पनीमा लगानी गरेको खुलासाः बीमा समिति बेखबर

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा तीन खर्ब ७५ अर्ब, निजीवन कम्पनीहरुको १५ अर्ब रकम सञ्चालक र सीइओ साबहरुले आ–आफ्नो स्वार्थ वाझिने कम्पनीमा लगानी गरेको खुलासाः बीमा समिति बेखबर

नेपालका जीवन बीमा कम्पनी र निजीवन कम्पनीका सञ्चालक र सीइओ सावहरुले आफ्नो वित्तिय स्वार्थ वाझिने गरि आफ्नै र आफन्ताका कम्पनीहरुमा अर्बै लगानी गरेको खुलेको छ । आफ्नो हात जगननाथ भनेझै सर्वसाधारण जनताहरुबाट संकलित रकमलाई बीमा कम्पनीहरुले वित्तिय स्वार्थ वाझिने आफ्न्ताकै संस्थाहरुमा हाक्काहाक्की करोडौ लगानी गर्दा समेत नियमनकारी निकाय विमा समिति मुखदर्शक भएर बस्नु र मौन रहनुले के अर्थ राख्दछ । यसको खोजी अब हामीले शुरु गरेका छौं ।

कतिपय बीमा कम्पनीहरुले लगानी गरेका जलविद्युत कम्पनीको संस्थापक तथा सञ्चालक तिनै बीमा कम्पनीका संस्थापक तथा सञ्चालक छन् । त्यस्तै बीमा कम्पनीका संस्थापक तथा सञ्चालकहरुले आफ्नै कम्पनीको ठुलो रकम आफैले खडा गरेका दर्जनौ कम्पनीमा समेत लगानी गरेको छ भन्दा फरक पर्दैन ।

बीमा कम्पनीहरुले सर्वसाधारणबाट संकलित रकम वित्तीय स्वार्थ बाझिने संस्थाहरुमा हाँकाहाँकी लगानी गर्दा समेत नियामक निकाय मौन देखिएको छ भन्दा फरक पर्दैन । केही बीमा कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृतले आफ्नै परिवारका सदस्य संस्थापक वा संचालक रहेको कम्पनीमा करोडौं रुपैयाँ लगानी गरेका भेटिएको छ । बिमा समितिको अध्यक्षज्यू । कतिपय बीमा कम्पनीहरुले लगानी गरेका जलविद्युत कम्पनीको संस्थापक तथा सञ्चालक तिनै बीमा कम्पनीका संस्थापक तथा सञ्चालक छन् । त्यस्तै बीमा कम्पनीका संस्थापक तथा सञ्चालकहरुले आफ्नै कम्पनीको ठुलो रकम आफैले खडा गरेका दर्जनौ कम्पनीमा समेत लगानी गरेको छ भन्दा फरक पर्दैन ।

बिमकको लगानी निर्देशिका २०७५ ले बिमकहरुले लगानी गर्न सक्ने क्षेत्र र लगानीको सीमा तोकेको छ । तोकिएको सीमाभित्र जीवन र निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्न पाउँछन् । स्वीकृत सीमाभित्र बिमकले लगानी गर्न सक्ने भएकोले बिमकको लगानीमा पूर्व स्वीकृति लिनुपर्ने बाध्यता छैन । यसै माथी टेकेर जथाभावी, आफूखुशी लगानी गरेको भेटिएको छ । स्वीकृत सीमाभित्र लगानी गर्न नसकेको अवस्थामा बीमा समितिलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ । त्यसैगरी स्वीकृत सीमाभन्दा बढी लगानी गर्नुपर्ने अवस्थामा बीमा समितिबाट अनिवार्य पूर्व स्वीकृति लिनुपर्ने प्रावधान पनि रहेको छ ।

बीमा कम्पनीले पूर्व स्वीकृत सीमाभित्र रहेर बीमा ऐन २०४९ ,नियमावली, बिमकको लगानी सम्बन्धी निर्देशिका २०७५, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ को प्रावधान विपरित नहुने गरी लगानी गर्न सक्छन् । भन्दा फरक पर्दैन ।

बिमकको लगानीलाई बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ ले समेत लगानीलाई नियमन गरेको छ । खासगरी संस्थागत सुशासन विपरित हुने र प्रत्यक्ष अप्रत्यक्षरुपमा स्वार्थ बाझिने कुनै पनि कम्पनी वा परियोजनामा लगानी गर्न बर्जित गरेको छ । बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को परिच्छेद ९ मा बीमकले गर्न नहुने कामहरुको सूची उल्लेख छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन दुबैखाले बीमा कम्पनीहरुको लागी लगानी सम्बन्धि निर्देशिका लागू गरेको छ । बिमकको लगानी निर्देशिका २०७५ बमोजिम बीमकहरुले बैंक वित्तिय संस्थाको मुद्दति निक्षेप, बचत पत्र, ऋण पत्र, दोश्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयर, सामूहिक लगानी कोष,कृषि,पर्यटन, जलश्रोत पूर्वाधारमा लगानीको सीमा सहितको व्यवस्था गरिएको देखिन्छ ।

बिमकको लगानीलाई बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ ले समेत लगानीलाई नियमन गरेको छ । खासगरी संस्थागत सुशासन विपरित हुने र प्रत्यक्ष अप्रत्यक्षरुपमा स्वार्थ बाझिने कुनै पनि कम्पनी वा परियोजनामा लगानी गर्न बर्जित गरेको छ । बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को परिच्छेद ९ मा बीमकले गर्न नहुने कामहरुको सूची उल्लेख छ ।

दफा ४९ को १(च) ले आफ्नो संस्थापक शेयरधनी,सञ्चालक समितिको कुनै सदस्य सञ्चालक भएको वा त्यस्तो सदस्य वा निजको एकाघरको परिवारको सदस्यको वित्तीय स्वार्थ रहेको कुनै पनि कम्पनी, फर्म वा संगठित संस्थामा कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ । तरपनि बीमा कम्पनीका सञ्चालक र सीइओसाबहरुले आफ्नै आफन्ता र नजिकका नातागोताका कम्पनीमा लगानी गरेको देखिन्छ । बिमकले कूल टेक्निकल रिजर्भ(प्राविधिक जगेडा) को ५ प्रतिशतसम्म घरजग्गामा र पर्यटन, जलश्रोत, कृषि क्षेत्रमा २० प्रतिशतसम्म लगानी गर्न सक्छन् । यो दुईवटा प्रावधानमै बिमकले वित्तीय स्वार्थ बाझिने गरी लगानी गरिरहेको भेटिएको छ । तर, कतै कारवाही हुँदैन कारण के हो ?

निर्देशिकाले दिएको स्वायत्ततालाई केही बिमकले दुरुपयोग गरेको पाइएको छ । कम्पनीको संस्थापक शेयरधनी, संचालक वा सहायक कम्पनीको संचालक वा संस्थापक संलग्न रहेको कम्पनीमा बिमकले लगानी गरेका छन् । बैंक,वित्तीय संस्थाको मुद्दती निक्षेप,बचत पत्र,ऋण पत्र,सामूहिक लगानी कोषमा गरिएको लगानीमा धेरै हदसम्म संस्थागत अनुशासनको पालना गरिएको पाइएको छ । तर पर्यटन, जलश्रोत, कृषि क्षेत्र वा अन्य क्षेत्रमा लगानी गर्दा बिमकको संचालकबाट वित्तीय स्वार्थ बाझिने वा सिधै संस्थागत अनुशासनको उलंघन हुने गरी लगानी भइरहेको बिमकको लेखा परिक्षणमा खटिने एक चार्टर्ड अकाउण्टेण्टले आर्थिक बजार ज्यूजडटकमसंग गुनासो पोखे ।

विशेषगरी जीवन बीमा कम्पनीहरुसँग जीवन बीमा कोषमा जम्मा भएको लगानी योग्य रकम ठूलो परिमाणमा भएको हुँदा जीवन बीमा कम्पनीहरु भित्र संस्थागत सुशासनको कार्यान्वयन शंकाको घेरामा छ भन्दा फरक पर्दैन बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

लगानीलाई एक एक गरेर केलाउन सहज छैन,बिमा कम्पनीको आन्तरिक लेखा परिक्षणमा अनुभवी एक चार्टर्ड अकाउण्टेण्टले पंक्तिकारसंग भने,तर पनि कतिपय बिमकले वित्तीय स्वार्थ बाझिने गरी लगानी गरेका छन् ।
विशेषगरी जीवन बीमा कम्पनीहरुसँग जीवन बीमा कोषमा जम्मा भएको लगानी योग्य रकम ठूलो परिमाणमा भएको हुँदा जीवन बीमा कम्पनीहरु भित्र संस्थागत सुशासनको कार्यान्वयन शंकाको घेरामा छ भन्दा फरक पर्दैन बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । सचेत भया ।

7005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका