जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७२ प्रतिशले बढ्दा नाफा ८ करोड ६२ लाखमाथि

सानिमा जनरल इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७२ प्रतिशले बढ्दा नाफा ८ करोड ६२ लाखमाथि

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिसम्ममा कम्पनीको अधिकांश सुचको बढेको छ ।

यस अवधिमा कम्पनीको खुद बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५५ दशमलव ०२ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले करोड १६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २० दमलव ५८ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ७२ दशमलव २४ प्रतिशतले बढी हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५ करोड ७३ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा रहेको छ । पी ई अनुाित ६३.५७ गुणा रहेको छ ।

5145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका