जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन बैंकका अध्यक्षले सम्हाले पदभार

हिमालयन बैंकका अध्यक्षले सम्हाले पदभार

हिमालयन बैंक Himalayan Bank Limited का नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका हुन् ।

श्रेष्ठले सपथ ग्रहणपश्चात् आजै बैंकमा पुगेर अध्यक्षको पदबहाली गरेका छन् । उनलाई बैंककका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायतले स्वागत गरेका थिए।

श्रेष्ठलाई असोज १३ गते बसेको बैंकको ४११औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो।

श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य थिए।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका