जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • २७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?

२७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?

वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा संचालनमा रहेका सुचिकृत २७ वटै बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। 

सेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकर्तामाझ कसले कति लाभांश देला भन्ने चर्चा सुरु भएको छ। 

सार्वजनिक वित्तीय विवरणअनुसार सबै २७ वटै बाणिज्य बैंक गत आर्थिक बर्ष नाफामै रहेका छन्। सबै बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको छ। त्यसमा पनि २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमता भन्दा थप बढेर आउँन सक्छ। 

यहाँ उल्लेख गरिएको बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर बैंकहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो। 

२७ वटा बाणिज्य बैंकहरु मध्ये गत आर्थिक बर्ष सबै भन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा नबिल बैंक सबैभन्दा अगाडी छ भने उसलाई ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक तथा  कृषि विकास बैंकले पछ्याएका छन्। नबिल बैंकले ४ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्दा ग्लोबल आईएमईले ४ अर्ब २३ करोड, राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ७९ करोड र कृषि विकास बैंकले ३ अर्ब ६९ करोड खुद मुनाफा गरेका छन्। 

त्यस्तै २७ मध्ये प्रति सेयर आम्दानी सबै भन्दा बढी राष्ट्रिय बाणिज्य बैकको रहेको छ भने उसलाई कृषि विकास बैंक र नबिल बैंकले पछ्याएका छन्। राष्ट्रिय बाणिज्य बैंकको प्रति सेयर आम्दानी ३७ रुपैयाँ २७ पैसा छ भने उसलाई पछ्याएको कृषि विकास बैंकको ३३.६२ र नबिल बैंकको ३२ रुपैयाँ ५४ पैसा रहेको छ।  

त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ भने सबै भन्दा बढी लाभांश बाँड्न सक्ने बैंकमा नबिल बैंक अगाडी देखिएको छ। कृषि विकास बैंकको लाभांश क्षमता ५३.७६ प्रतिशत रहेको छ भने नबिल बैंकले बाँड्न सक्ने लाभांश ३९ प्रतिशत देखिन्छ।

8895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?