जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उद्योगी साहिल अग्रवाल राष्ट्रपतिबाट भए सम्मानित, सुप्रवल जनसेवाश्री पदकद्वारा विभूषित

उद्योगी साहिल अग्रवाल राष्ट्रपतिबाट भए सम्मानित, सुप्रवल जनसेवाश्री पदकद्वारा विभूषित

उद्योगी तथा व्यवसायी साहिल अग्रवाललाई सरकारले सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक अग्रवाल २०७८ को संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित भएका हुन्। 

उनलाई ‘राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भएर पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरुप सुप्रवल जनसेवाश्री  पदकद्वारा विभूषित गरिएको’ जनाइएको छ। 

शंकर ग्रुपमार्फत राष्ट्र, राष्ट्रियता र समाजप्रति केही योगदान पुर्याउन सक्नु आफ्ना लागि गर्वको विषय भएको उनले बताएका छन्। 

‘आफ्नो समूहअन्तर्गत संचालित विभिन्न उद्योग–व्यवसायमार्फत राष्ट्र र उपभोक्ताको उपयोगिताका लागि गुणस्तरीय उत्पादन तथा सेवा सहज रुपमा उपलब्ध गराउन सधैं प्रयासरत रहने छौं। हाम्रो यही उद्देश्य तथा लक्ष्यको उच्च कदर गर्दै राष्ट्रका तर्फबाट सम्मानित पनि हुन पाउनु वास्तवमै हर्षपूर्ण रहेको छ,’ विभूषित भएपछि अग्रवालले भने, ‘यो सम्मानले हामीलाई आउँदा दिनहरुमा अझ राम्रा, उपयोगी तथा गुणस्तरीय उत्पादन तथा सेवाका माध्यमबाट देश तथा उपभोक्ताका लागि थप योगदान प्रदान गर्न प्रोत्साहन मिलेको छ।’

3565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?