जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरुले साउन महिनामा संकलन गरे १९ अर्ब अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क

बीमा कम्पनीहरुले साउन महिनामा संकलन गरे १९ अर्ब अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एक महिनामा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो एक महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका थिए । गत वर्षको यहि अवधिमा कम्पनीले २७ दशमलब ३८ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको एक महिनामा २ अर्ब ७० करोड रुपैयाँ संकलन गरेका थिए । गत वर्षको तुलनामा १० दशमलब ७४ प्रतिशतले सुधार भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले भने १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

साउन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८० लाख ९ हजार वटा पोलिसी बिक्री गरेका छन् । गत वर्षको साउन महिनाको तुलनामा जीवन बीमा पोलिसी संख्या १३.४३ प्रतिशतले बृद्धि भएको हो । बैदेशिक रोजागारीमा जानेहरुले खरिद गर्ने बीमालेख भने ३२.९० प्रतिशतले बृद्धि भएको छ । कोभिड १९ का कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आए सँगै यस्तो बीमालेख संख्या पनि घटेको हो । साउन मसान्तसम्ममा यस्तो बीमा लेख ५ लाख ७७ हजार वटा रहेको छ । गत वर्षको साउन महिनामा ८ लाख ६० हजार वटा थियो ।

बीमा समितिका अनुसार बीमाको दायरामा आएको जनसंख्या २४.९९ प्रतिशत रहेको छ । गत वर्षको साउन महिनामा २२.३१ प्रतिशत थियो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले खरिद गरेको बीमालेख लाई जोड्ने हो भने बीमाको पहुँच २६.८९ प्रतिशत रहेको समितिले जनाएको छ ।

3760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका