जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनश शेयर सहित उक्त कित्ता शेयर विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६२५ रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनु पर्नेछ ।

३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ

4630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका