जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रिलायन्स लाइफको खुद दाबी भुक्तानी ४२०% ले बढ्दा जीवन बीमा कोष साढे २ अर्बमाथि

रिलायन्स लाइफको खुद दाबी भुक्तानी ४२०% ले बढ्दा जीवन बीमा कोष साढे २ अर्बमाथि

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोनाको महामारीको बीच पनि कम्पनीले उत्साहजनक प्रगति गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८३ दशमलव ९० प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७/ ७८ को चौथो त्रैमाससम्ममा ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ मात्र खुद दाबी भुक्रानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४२० प्रतिशतले बुद्धि गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११० रुपैयाँ ८६ पैसा रहेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २० करोड ५२ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

4445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?