जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • संविधान दिवसको अवसरमा दुईजना बीमकलाई प्रबल जन सेवा श्री पदक

संविधान दिवसको अवसरमा दुईजना बीमकलाई प्रबल जन सेवा श्री पदक

संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सय भन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् ।

मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तलाई प्रबल जन सेवा श्री पदकबाट सम्मान् गर्ने घोषणा गरिएको हो ।

२०६१ मंसिरमा संचालनमा आएको शिखर इन्स्योरेन्स कं. लि.मा शुरुमा महाप्रबन्धक पदमा कार्यरत पाण्डे २०७३ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा  कार्यरत छन् । प्रमुख कार्यकारी पदमा शिखर इन्स्योरेन्समा यो उनको दोश्रो कार्यकाल हो । पाण्डेसँग बीमा क्षेत्रमा दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ। त्यसैगरी सुनिलबल्लभ पन्त २०७५ असोज २४ गतेदेखि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्समा सहायक पदबाट बीमा क्षेत्रमा सेवा शुरु गरेका पन्तसँग दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ ।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका