जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ३ कम्पनीको साढे ७ लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एसिया बैंक

३ कम्पनीको साढे ७ लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको साढे ७ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, र नागरिक लगानी कोषको गरि कुल ७ लाख ६६ हजार ७ सय ९६ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। बैंकले आज असोज ६ गतेदेखि असोज १५ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो ।

बैंकले आरएमडिसी लघुवित्तको ३ लाख  ६५ कित्ता संस्थापक शेयर  लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५३९ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । 

त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८  सय २९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४९७ कायम गरेको छ । साथै बैंकले नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य ११ सय ९७ रुपैयाँ कायम गरेको छ ।  

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन्  । 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ 

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका