जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
  • होमपेज
  • अशोक लेलैण्डको “दशैँ तिहारको बहार पक्का उपहार” योजना सार्वजनिक

अशोक लेलैण्डको “दशैँ तिहारको बहार पक्का उपहार” योजना सार्वजनिक

आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयो । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नुहुनेछ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ । ग्राहकहरुले प्रत्यक ICV Haulage, MCV टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 pro max अथवा TVS NTorq स्कुटर पाउन सक्नु हुनेछ भने माथि उल्लेखित गाडीहरु मध्ये ICV Haulage, MCV Tipper वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा Apple Mac Book Pro साथै Iphone 12 Pro Max अथवा Royal Enfield 350 CC Bullet Bike पाउन सक्नु हुनेछ ।

कुनै पनि HCV साथै ICV टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 Pro Max अथवा Tvs Ntorq Scooter पाउन सक्ने हुने छ । त्यस्तै गरी दुई वटा HCV र ICV टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा Apple Mac Book Pro र Iphone 12 Pro Max अथवा Royal Enfield 350 CC Bullet Bike पनि पाउन सक्नु हुनेछ । HCV तथा ICV टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका