जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बंगलादेश बैंकको शेयर चौधरी समूहले किन्ने तयारी

बंगलादेश बैंकको शेयर चौधरी समूहले किन्ने तयारी

नेपाल बंगलादेश बैंकमा रहेको विदेशी लगानी (सस्थापक शेयर) चौधरी समूह (सीजी ग्रुप)ले खरिद गर्न लागि परेको छ । एनबी समूह (लक्ष्मीबहादुर श्रेष्ठ समूह)  र बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका नरेन्द्र भट्टराईले मात्र उक्त बैंकको शेयर खरिद गर्न नसक्ने देखिएपछि चौधरी समूहले बंगलादेशको आइएफआईसी बैंकको स्वमित्वमा रहेको ४०.८९ प्रतिशत शेयर किन्ने तयारी गरेको हो । 
 
बैंक स्रोतका अनुसार नेपाली संस्थापक समूह एनबी ग्रुपले नेपाल राष्ट्र बैंकको कानुनी प्रावधानका कारण सबै शेयर खरिद गर्न सक्ने अबस्था देखिएको छैन । साथै एनबी समूहले शेयर खरिद गर्न दिएको आवेदनमा राष्ट्र बैंकले अध्ययन गरिहेको स्रोतले बताएको छ । 

भट्टराईले एक लाख कित्तासम्मको शेयर खरिदका लागि आवेदन दिएको बैंकले जानकारी दिएको छ । एनबी समूहले आफ्ना मानाङ्ग इन्भेष्टमेन्ट प्रालि, हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालि, दिब्यश्वरी इन्भेष्टमेन्ट र हिमसागर ट्रेडिङले शेयर खरिदका लागि आवेदन दिएको छ । 

चौधरी समूहले बंगलादेशको आइएफआईसी बैंकका प्रतिनिधिसँग वार्ता गरिरहेको स्रोतले बताएको छ । एनबी बैंकको संस्थापक शेयर खरिद गरेर नविल बैंकमा मर्ज गर्ने योजना अनुसार अब चौधरी समूहले उक्त शेयर खरिद गर्न सिधै वंगलादेशमा नै सम्पर्क बढाएको छ ।  

बैंकले असार २८ गते बसेको संचालक बैंठकले उक्त शेयर खरिद गर्नका लागि आवेदकले फिट एण्ड प्रोपर टेस्ट पास गर्न पर्ने प्रावधान राखेको छ ।  उक्त फिट एण्ड प्रोपर टेस्ट गर्न नसकिएमा आइएफआइसीले आफ्नो शेयर हालका संस्थापक शेयरधनी बाहेकालाई विक्री गर्ने बाटो खुल्ने छ । तर, एनबी समूहका अनुसार आफ्ना सबै कम्पनी र व्याक्तिहरु फिट एण्ड प्रोपर टेष्टमा पास हुने दावी गरेको छ । 

बंगलादेशको संस्थापक शेयर खरिलका लागि नागरिक लगानी कोष, एनआरएन डेभलपमेन्ट फण्ड, आइएमइ समूह,, केएल दुगड समूह, शंकर ग्रुप र गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोले शेयरमा निवेदन दिने तयारीमा रहेका छन । 

गत असार २९ गते नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशको आइएफआईसी बैंकको ४०.८९ प्रतिशत शेयर बिक्री गर्न एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको थियो । आइएफआईसी बैंकले आफ्नो सम्पूर्ण संस्थापक शेयर बिक्री गरेर बाहिरिनका लागि बैंकको स्थापनाकालदेखि बैंकमा ठूलो शेयर होल्ड गरेर बसेको  आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर बेच्न लागको हो ।

नेपाल बंगलादेश बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार आईएफआईसी बैंक लिमिटेड ढाकाले आफ्नो सम्पूर्ण ३ करोड ६८ लाख २७७ हजार ४ सय २६ कित्ता शेयरबाट करिब ६ अर्ब रुपैयाँको शेयर खरिद  विक्री हुने छ । 

4900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका