जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
  • होमपेज
  • ११११ निशान म्यागनाईट गाडी नेपालको सडकमा

११११ निशान म्यागनाईट गाडी नेपालको सडकमा

नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । 

यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यस पश्चात ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिइएको थियो ।

यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका