जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गर्‍यो

सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गर्‍यो

सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७३ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी २७ करोड रुपैयाँले बढ्ने छ। 

बैंकले पाँच वर्षअघि ११.८ प्रतिशत लाभांश दिएको थियो। त्यसपछि निरन्तर एकल अंकमा लाभांश दिइरहेको थियो। बैंकले २१ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ। चुक्ता पुँजी बढाउन बैंकले एक पटक २०.६९ र पछिल्लो पटक ८० प्रतिशत हकप्रद सेयर दिएको थियो।

बैंकले गत वर्ष २८ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको जगेडा कोषमा ९७ करोड ९९ लाख रुपैयाँ छ।

8125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका