जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम तनहुँमा सम्पन्न

‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम तनहुँमा सम्पन्न

 महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रिय सदस्य राजु ढकालले दिए । साथै, दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेका उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

त्यस्तै, तनहुँभरि बीमा जागरण अभियानलाई प्रभावकारीताका साथ सञ्चालन गर्नका लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ । 

4915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका