जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मेटलाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

मेटलाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ । पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ जहाँबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धन सहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरु प्राप्त गर्न सकिन्छ । दुवै कार्यालयहरुको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो ।

यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरुलाई सुविधामा थप पहँुच प्राप्त गर्न सहयोग मिल्नेछ । प्रमुख व्यापारिक क्षेत्रहरुमा अवस्थित कम्पनीका दुवै कार्यालयहरुमा स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु कायम राख्नका लागि चाहिने आवश्यक खुल्ला ठाउँहरु पनि यथेष्ट रहेको छ ।
मेटलाइफका ग्राहकहरुले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्छन् । नयाँ आवेदन, पोलिसि परिवर्तन तथा प्रीमियम संकलन जस्ता सेवाहरु कार्यालय परिसरका साथै डिजिटल रुपमा पनि सजिलै प्राप्त गर्न सकिन्छ ।

उद्घाटनका क्रममा, महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकहरुको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रुपान्तरित शाखा कार्यालयहरुले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सुविधा प्रदान गरि ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताउनुभयो । साथै वहाँले शाखाहरुमा निहित थप सुविधाहरुको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायहरुलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकताहरुमा पहँुच बढाउने विचार पनि व्यक्त गर्नुभयो ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका