जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स भुक्तानी सेवा‚ पैसा पठाउन-पाउन जहाँसुकैबाट

ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स भुक्तानी सेवा‚ पैसा पठाउन-पाउन जहाँसुकैबाट

मनी ट्रान्सफर कारोबार क्षेत्रको अन्तर्राष्ट्रिय वित्तीय संस्था मनिग्रामको रेमिट्यान्स नगद भुक्तानी सेवा नेपालमा ईसेवामार्फत सुरु भएको छ। ईसेवा मनी ट्रान्सफर विश्वका दुई सयभन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी हो भने मनिग्राम विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी हो।

दुवै बीच बैंक र इसेवा वालेटमा भएको साझेदारीअनुसार अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको ईसेवाले बुधबार जनाएको छ। यो सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीले मनिग्राममार्फत ईसेवा मनी ट्रान्सफरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्।

साथै नेपालमा ग्राहकहरूले मनिग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्सफरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो रकम भुक्तानी प्राप्त गर्न सक्ने जनाइएको छ।

सेवा सुरु भएको अवसरमा ग्राहकहरूले पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्ने अफर ईसेवाले ल्याएको छ। अफरअन्तर्गत आगामी १० दिनसम्म ग्राहकले मनिग्राममार्फत नगद पठाउँदा अतिरिक्त १०० रुपैयाँ बोनस पाउनुका साथै टीसर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्रीहरू प्राप्त गर्नेछन्। साथै पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउनेमध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।

‘मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं। यो सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ,’ ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘भुक्तानी केन्द्रहरुको संख्या बढाएर ग्राहकले नजिकै सजिलै रकम प्राप्त गर्न सजिलो बनाइ नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन हामी प्रतिबद्ध छौं।’

मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी हो। नेपाली कम्पनी ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आएको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?