जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • स्व. गोविन्द बस्नेतको परिवारले बुझे सिटिजन लाइफबाट दाबी वापतको १० लाख ५० हजार रुपैयाँ

स्व. गोविन्द बस्नेतको परिवारले बुझे सिटिजन लाइफबाट दाबी वापतको १० लाख ५० हजार रुपैयाँ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका  हर्कपुर निवासी स्व. गोविन्द बस्नेतको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमा दाबी वापतको १० लाख ५० हजार रुपैयाँ उनको श्रीमती विष्णुदेवी पराजुलीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बस्नेतले  २०७८ साल अषाढ १४ गते १० लाख रुपैयाँ बीमांकको बीमा गरेका थिए । बीमा गरेको तीन महिनामै बस्नेतको  असोज २० गते मृत्यु भएको थियो ।

उक्त रकम स्थानीय वासी, उद्योगी, सामाजीक प्रतिष्ठत व्याक्तित्वहरुको उपस्थितीमा भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, परासी शाखा प्रमुख दिपक थापा क्षेत्री, कावासोती शाखा प्रमुख जगत राम ढकाल , सिनिएर एजेन्सी म्यानेजर रिता पाण्डे, वार्ड नं. १२ का वडा अध्यक्ष थिर बहादुर थनेत र एजेन्सी म्यानेजर अनिता मल्लले हस्तान्तरण गरेका हुन् ।

मृतक बस्नेतकी श्रीमतीले कम्पनीले मृत्यु दाबी भुक्तानी समयमा नै उपलब्ध गराई परिवारलाई राहात दिएकोमा कम्पनीलाई धन्यवाद दिएकी थिइन्  ।

कार्यक्रममा कम्पनीका भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमा बचत र सुरक्षा मात्र नभई कम्पनी प्रतिको विश्वास पनि  रहेको र यस विश्वासलाई अझ मजबुद बनाउनका लागि सफल भएको बताएका थिए।

6155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका