जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बूढानीलकण्ठमा कांग्रेसको कन्तविजोगः गगनको चुनावी क्षेत्र काठमाडौं ४ को भविष्य गगनकै लागि फलामको चिउरा सरह हेक्का होस्

बूढानीलकण्ठमा कांग्रेसको कन्तविजोगः गगनको चुनावी क्षेत्र काठमाडौं ४ को भविष्य गगनकै लागि फलामको चिउरा सरह हेक्का होस्

गगन थापा कांग्रस पाटीका महामन्त्री पनि हुन् । उनको चुनावी क्षेत्र बूढानीलकण्ठ ४ नम्बर पनि हो तर, बूढानीलकण्ठ नगरपालिकामा २/३ वटा अध्यक्ष बाहेक सबै वडा र नगर प्रमुख र उपप्रमुख एमालेले जितेका छन् भन्दा अब चाहि फरक पर्दैन । पहिले जितेका केही वडा समेत एमालेले जितेपछि गगन थापनको चुनावी क्षेत्र काठमाडौं ४ को भविष्य गगनकै लागि तातो फलाम सरह हुने देखिन्छ । भनिन्छ बूढानीलकण्ठ नगरपालिकामा वडा देखि मेयर र उपमेयरको टिकट दिँदा गगन थापा हावी भए उनले छानी छानी आफ्ना नजिकका मान्छेलाई वडा अध्यक्ष र आफू संगै पढेका मित्र विनोद चालिसेलाई टिकट दिएसंगै यो नगरपालिकामा कांग्रेसको कन्तविजोग भएको कांग्रेसीहरुकै दाबी छ ।

देशभर काँग्रेसले जितिरहेको यस्तो सुनौलो परिस्थितिमा एमाले गड भनिएका पालिकाहरूमा पनि धमाधम काँग्रेस आइरहेको छ । देशभित्रकै एउटा पालिका जो राजधानीको मुटुमा छ त्यो हो बूढानीलकण्ठ नगरपालिका । बूढानीलकण्ठमा चाहिँ काँग्रेसको हालत दयनिय अबस्थामा पुगेको छ । भन्दा फरक पर्दैन ।

बूढानीलकण्ठ भित्र काँग्रेसको संगठन नभएको पनि होइन, कार्यकर्ता नभएको पनि होइन, लोकप्रिय जनाधार नभएको पनि होइन । यो नगरमा काँग्रेसका नेताचाहिँ भएनन् । ठूला नेताका हुक्के र बैठकेमात्र भएका यो नगरपालिको पाँचवर्ष यताको अबस्थालाइ निर्मम समिक्षा गर्ने हो भने काँग्रेसमा नेता भएनन् मात्र हैन यहाँ राम्रा र गतिला नेता बनाउन वातावरण नै बन्न दिइएन । अवश्यमेव यो कुरामा रातोपुल दरबार र नारायणस्थान दरबारको हात छ । भन्दा अब फरक पर्दैन ।

चुनाव आएको भन्ने थाहा हुननेबित्तिकै एकहुल आकाँक्षीहरू नेताका घर कुर्न पुगे । ५ वर्ष जनताको दरबारमा कतै नदेखिएकाहरू कोही रातोपुल दरबार, कोही चाक्सीबारी दरबार, कोही नारायणस्थान दरबार धाउन थाले टिकटका लागि । यहि क्रममा रातोपुल दरबारको कृपाले एकजनाले टिकट पाए मेयरमा । रातोपुल दरबारकाले टिकट पाएपछि स्वभाविक हो अरू दरबारको ढोके, हुक्के, बैठकेहरू बेखुशी भए ।

काँग्रेसले ०७४ यताका ५ वर्षमा जनताका कुनै समस्या, पीरमर्का व खुशीमा साथमासाथ दिन सकेन । ५ वर्षअघिको चुनावमा मेयरमा हारेका तत्कालिन काँग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले पाँचवर्ष नगरपालिकामा टेकेनन् भने पनि हुन्छ । एकदुइवटा कर्मकाण्डीय ज्ञापनपत्र दिने काममा बाहेक जनताका कुनै काममा उनी कतै देखिएनन् । जनताले चाहेको बेला उनको फोन सँधै स्विच अफ भयो । पाँचवर्षसम्म क्षेत्रीय सभापतिसहित तथा मेयरमा हारेका उम्मेदवार नै मोबाइल स्वीचअफ गरेर चीर निन्द्रामा सुतेपछि अरू नेता तथा कार्यकर्ता दृ्ष्यमा देखिने कुरै भएन । भन्दा अब फरक पर्दैन ।

यसरी सुतेर बसेको काँग्रेसलाइ उद्धव खरेलका यावत् विसंगति एवम् भ्रष्टाचारलाइ देख्दै देखेन, यी विषय उसको एजेन्डा नै बनेन । काँग्रेससँग नगरपालिकाभित्र कहाँ के छ ? के भएन ? के हुनुपर्थ्यो ?जस्तो तथ्याङ्क नै थिएन । यसो भनौ फेरि स्थानीय चुनाव आउँछ त्यो चुनावमा लड्नुपर्छ वा जित्नुपर्छ भन्ने हेक्कानै भएन काँग्रेसलाइ । भन्दा अब फरक पर्दैन ।

कांग्रेसका नेताहरु मोबाइल स्विच अफ गरेर सुत्दासुत्दै अर्काे स्थानीय निकायको चुनाव आयो । चुनाव आएको भन्ने थाहा हुननेबित्तिकै एकहुल आकाँक्षीहरू नेताका घर कुर्न पुगे । ५ वर्ष जनताको दरबारमा कतै नदेखिएकाहरू कोही रातोपुल दरबार, कोही चाक्सीबारी दरबार, कोही नारायणस्थान दरबार धाउन थाले टिकटका लागि । यहि क्रममा रातोपुल दरबारको कृपाले एकजनाले टिकट पाए मेयरमा । रातोपुल दरबारकाले टिकट पाएपछि स्वभाविक हो अरू दरबारको ढोके, हुक्के, बैठकेहरू बेखुशी भए । भन्दा अब फरक पर्दैन ।

एकाध वडामा इकाइले नै सर्वसम्मति गरेर वडाध्यक्षको उम्मेदवारको टुङ्गो लागेकोले ती वडामा काँग्रेसभित्र घात अन्तर्घात देखिएन । बाँकी सबै वडामा प्रत्यक्ष परोक्षरूपमा काँग्रेसले नै काँग्रेस नउठ्नेगरी सक्न लागि परे । फलतः कसैगरी नहार्न पर्ने वडा नं २, ९, ११ र ६ मा काँग्रेस नमिठो पराजित भयो । यी दुवै वडामा काँग्रेसकै मान्छे वडाध्यक्षको उम्मेदवार हराउन मरिहत्ते गरेर लागे । उता वडा नं ३ र ६ पनि काँग्रेसले सजिलै जित्ने वडाहरू अरूलाइ सुम्पीन पुग्यो भन्दा अब फरक पर्दैन ।

वडामा चुनाव उठ्नका लागि पनि हरेक वडामा थुप्रै कांग्रेसीहरु आकाँक्षीहरू देखिए । उनीहरूको पनि आकाँक्षाको आधार जनताको दरबारको गएर काम गरेकोभन्दा कुन दरबारको हुक्केहरुको निकट हो भन्ने मात्र थियो । त्यसै क्रममा एकदुइ वडाबाहेक सबै वडामा अन्तिम अबस्थासम्म टिकट कस्ले पाउने वा किन पाउने बारे अन्यौल रहिरह्यो । त्यसको एक महत्वपूर्ण कारण क्षेत्र नं ४ का सभापतिको अकर्मण्यता अनि क्षेत्र नं ५ को भष्मासुर प्रवृत्ति । क्षेत्र नं ४ का सभापतिले ककसलाइ किन वडाको चुनावमा उम्मेदवार बनाउने बारे आफ्नो धारणा बनाउनै सकेनन् उनी कांग्रेसका महामन्त्री गगन थापा तथा उनका पेटी ठेकेदारका लहैलहैमा कता थिए उनलाइ थाहा नै भएन । उता, क्षेत्र नै ५ का सभापतिको विध्वंसात्मक रूप यस्तो थियो कि महाधिवेशनमा आफ्नो टिममा नरहने जो कोहीलाइ पत्तासाफ बनाउने सक्रिय थिए । त्यसैले गतिलाले भन्दा अगतिलाले टिकट पाए । र आज यो हालत भयो भन्दा फरक पर्दैन ।

चुनावमा फलानोलाइ टिकट किन दिएको ? भन्ने स्पष्ट जवाफ दिन सकिने अबस्था नभएका पात्रहरू चुनावी मैदानमा उत्रिए । एकाध वडामा इकाइले नै सर्वसम्मति गरेर वडाध्यक्षको उम्मेदवारको टुङ्गो लागेकोले ती वडामा काँग्रेसभित्र घात अन्तर्घात देखिएन । बाँकी सबै वडामा प्रत्यक्ष परोक्षरूपमा काँग्रेसले नै काँग्रेस नउठ्नेगरी सक्न लागि परे । फलतः कसैगरी नहार्न पर्ने वडा नं २, ९, ११ र ६ मा काँग्रेस नमिठो पराजित भयो । यी दुवै वडामा काँग्रेसकै मान्छे वडाध्यक्षको उम्मेदवार हराउन मरिहत्ते गरेर लागे । उता वडा नं ३ र ६ पनि काँग्रेसले सजिलै जित्ने वडाहरू अरूलाइ सुम्पीन पुग्यो भन्दा अब फरक पर्दैन ।

मुख्यकुरा, यसै क्षेत्रबाट चुनाव जितिरहेका काँग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले पार्टीभित्रका असन्तुष्टि के कस्ता छन् तिनिहरूको तथ्यांक राखेर काम गर्न सकेको देखिएन । चुनाव जित्नपर्छ भन्ने हिसाबले गगन थापालाइ बुढानिलकण्ठमा देखिएन । केही कर्मकाण्डीय कार्यक्रममा बोल्नबाहेक उनले खासै काम केही गरेको देखिएन । भन्दा फरक पर्दैन । हेक्का होस् ।

यो स्थानीय चुनावलाइ गगन थापा र राजन भट्टराइबीचको ब्याटल भनेर चित्रित गरिएको थियो । ठूलै रिस्क बोकेर डा राजन भट्टराइले मिठाराम अधिकारीजस्तो तुलनात्मकरूपमा कमजोर व्यक्तिलाइ मेयरको उम्मेदवार बनाएका थिए । उद्धव खरेललाइभन्दा मिठाराम अधिकारीलाइ उम्मेदवार बनाउनुको फाइदा काँग्रेसले उठाउन सकेन । टिकट वितरणपछि उठेका यावत् असन्तुष्टि मिलाउन गगन थापा वा उनका पेटी ठेकदार साथै राजु श्रेष्ठहरू मैदानमा देखिएनन् ।

स्थानीय चुनावमा बुढानिलकण्ठ नगरपालिकाका लागि नेका महामन्त्री एवम् सांसद गगन थापाको इन्ट्रेस्ट एवम् च्वाइसको विषय राम्ररी र भुइँमै छलफल हुन आवश्यक छ । यता प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठका गतिबिधि, सोचाइ एवम् लक्ष्यका बारेमा पनि गम्भीर छलफल हुन आवश्यक छ । त्यतिमात्रै हैन प्रदेश माहामन्त्री भएका राजु श्रेष्ठ जसले नेतृत्वमा बसेर पाँचवर्ष मोबाइल अफ गरेर सुतिदिँदा काँग्रेस एजेन्डा र उम्मेदवार हुनु पुग्यो अब त्यसको निर्मम समिक्षा हुनैपर्छ भन्दा फरक पर्दैन ।

चुनावको मौन अबधि सुरू हुनु ५ घण्टा अघि माओवादीका रविन अधिकारीलाइ काँग्रेस हुल्नुदेखि मेयरका आकाँक्षीहरूकै वडामा काँग्रेसको कमजोर प्रदर्शनसम्मका विषयको निर्मम समिक्षाको आवश्यक्ता छ । वडा नं २, ६ र ९, ११ मा वडाध्यक्षको प्रत्यासीको हारसँग जोडिएका सबै सृंखलाबद्ध कुरा एवम् विषयको सतहमा बसेर समिक्षा र समाधान खोज्न आवश्यक छ । वडा नं ३ मा काँग्रेसका वागीले चुनाव जित्नुका पछाडिका विषय समिक्षाको विषय हो । अधिवेशनका तुषदेखि सबै पोस्टमा आफू नै जानु पर्ने मानसिकताका शिकार भएका पात्रसम्मका विषय अब सडकमा बसेर निर्मम ढङ्गले उठ्न आवश्यक देखिन्छ ।

त्यतिमात्र हैन यो स्थानीय चुनावमा बुढानिलकण्ठ नगरपालिकाका लागि नेका महामन्त्री एवम् सांसद गगन थापाको इन्ट्रेस्ट एवम् च्वाइसको विषय राम्ररी र भुइँमै छलफल हुन आवश्यक छ । यता प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठका गतिबिधि, सोचाइ एवम् लक्ष्यका बारेमा पनि गम्भीर छलफल हुन आवश्यक छ । त्यतिमात्रै हैन प्रदेश माहामन्त्री भएका राजु श्रेष्ठ जसले नेतृत्वमा बसेर पाँचवर्ष मोबाइल अफ गरेर सुतिदिँदा काँग्रेस एजेन्डा र उम्मेदवार हुनु पुग्यो अब त्यसको निर्मम समिक्षा हुनैपर्छ भन्दा फरक पर्दैन ।

बूढानीलकण्ठमा एमाले विजयी

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका छन् ।

प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गरे । चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित लामाले १४ हजार ३ सय १४ मत ल्याउँदै प्रतिद्वन्द्वी काँग्रेसकी रमिला वाग्लेलाई पराजित गरिन् । उनले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् । यसको सम्पूर्ण जिम्मा अब कांग्रेसका महामन्त्री गगन थापाले लिनु पर्ने स्थानिय कांग्रेसी नेताहरुको दाबी छ । सचेत भया । राजतिलक साप्ताहिक

4525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका