जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आइतवार हुदै

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आइतवार हुदै

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार हुदैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात ७०ः३० रहेकोमा सो अनुपातलार्य परिर्वतन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०) कायम गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ ।

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका