जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पैसा नभएको ५१ लाखको चेक दिएर फरार बिनोद थापा पक्राउ

पैसा नभएको ५१ लाखको चेक दिएर फरार बिनोद थापा पक्राउ

बैंक अफ काठमाण्डूको ५१ लाखको पैसा नभएको चेक दिएर फरार रहेको बिनोद थापालाई प्रहरीले फक्राउ गरेको छ ।

नुवाकोट जिल्ला लिखु गाउँपालिका–४, हाल काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले बैंक अफ काठमाण्डूको गोंगबु शाखाको खाताबाट रकम भुक्तान हुने भनी ५१ लाखको चेक दिएको र उक्त खातामा पर्याप्त मौज्दात रकम नभएको पाइएको छ ।

थापाले झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट मंसिर ७ मा थापालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ५१ लाख जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

त्यसपछि फरार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले फागुन ८ गते तारकेश्वर नगरपालिका–७, फुटुङबाट पक्राउ गरेको जानकारी गराएको छ । थापालाई ९ गते ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

6490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका