जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • धमाधम शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

धमाधम शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

आजदेखि विभिन्न ४ कम्पनीको शेयर लीलामीमा बिक्री खुला गरिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, महिला लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक ५ लाख ४२ हजार ५७० कित्ता शेयर आज (अषाढ ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको हो । कम्पनीका उक्त शेयरमा आज (अषाढ ६ गते, आइतबार) देखि अषाढ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार १९५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाको शेयरको मूल्य न्यूनतम ४७७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० हजार ६९६ कित्ता शेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ४४४ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक ५५ हजार ५७० कित्ता शेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ७६८ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । कम्पनीको शेयरको मूल्य न्युनतम मूल्य ५७५ रूपैयाँ तोकिएको छ ।

महिला लघुवित्तको बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अन्य ३ कम्पनीको न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका