जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पोखरा विश्वविद्यालयमा नेपाल बैंकले सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने

पोखरा विश्वविद्यालयमा नेपाल बैंकले सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम यस बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । 

उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । जसअनुसार बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक÷ शिक्षक÷कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि एटीएम कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ्र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउनेछ । 

त्यस्तै, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, डिम्याट, सिआस्वा, मेरो शेयर रजिष्ट्रेशन सुविधा निःशुल्क उपलब्ध गराइने उक्त सम्झौतामा उल्लेख छ  । कर्मचारीहरुलाई क्रेडिट कार्डको सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने,पनि सम्झौतमा उल्लेख गरिएको छ ।  

5895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका