जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एमालेले ल्यायो चुनाव केन्द्रित मोबाइल एप, केन्द्रीय बैठकमा नेताहरुलाई सिकाइयो चलाउन

एमालेले ल्यायो चुनाव केन्द्रित मोबाइल एप, केन्द्रीय बैठकमा नेताहरुलाई सिकाइयो चलाउन

नेकपा (एमाले)ले चुनाव केन्द्रित मोबाइल एप सार्वजनिक गरेको छ। कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा सो एप सार्वजनिक गरिएको हो।

विधान महाधिवेशनकै बेला ल्याइएको ‘सीपीएन यूएमएल’ एपलाई अहिले चुनावका लागि प्रयोग गरिने भएको हो।

केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेताहरुलाई सो एपबारे प्रशिक्षण दिइएको थियो। जसमा प्रविधिविज्ञले नेताहरुलाई एपको प्रयोग गर्न सिकाएको बताइएको छ।

सो एपमा एमालेका दस्तावेज, पार्टी सदस्यतासम्बन्धि विवरण, विभिन्न सूचना तथा जानकारीहरु र सरकारमा हुँदा एमालेले गरेका कामहरु समेत राखिएको छ।

6450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?