जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • बैंक म्यानेजरलाई सीइओको इमेलः गाडी सहित बिलासी वस्तुको ‘एलसीको फाइल स्टप’

बैंक म्यानेजरलाई सीइओको इमेलः गाडी सहित बिलासी वस्तुको ‘एलसीको फाइल स्टप’

नेपाल राष्ट्र बैंकले गाडी सहित बिलासी वस्तुको एलसी नखोल्न दिएको मौद्रिक निर्देशन वाणिज्य बैंकहरुले मंगलबारदेखि कार्यान्वयनमा ल्याएका छन् ।

मंगलबार बिहान २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले शाखा प्रवन्धक सहित उच्च अधिकारीलाई राष्ट्र बैंकले गाडी सहित बिलासी वस्तुको आयात रोक्न भनेको हुँदा यसको एलसीको फाइल रोक्न भनेका छन् ।

‘एलसी खोल्ने काम धेरैजसो बैंकमा हेडअफिसबाटै हुन्छ, बिलासी वस्तुको एलसीको फाइल अगाडि नबढाउनु भनेर इमेल पठाएको छु,’एक वाणिज्य बैंकका सीइओले भने ।

एक बैंकका शाखा प्रवन्धकले हेडअफिसबाट बिलासी वस्तुको आयातको एलसी रोक्ने काम भएको तथा त्यो आयात गर्ने फर्महरुलाई चाहिने थप ऋण समेत नदिन अनुरोध भएको इमले आएको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सीइओलाई बोलाएर गाडी सहित बिलासी वस्तुको आयात रोक्न त्यसको एलसी नखोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले लिखितमा नभएर मौखिक निर्देशन दिएर विदेशी सन्चिती जोगाउन खोजेको देखिएको छ ।

गाडी लगायत चकलेट तथा सुपारी,मरिच जस्ता उपभोग नगर्दा हुने वस्तुको एलसी खोल्न राष्ट्र बैंकले रोकेको हो । अर्थतन्त्रमा ठूलो समस्या आउन रोक्नको लागि गाडी सहित बिलासी वस्तुको आयात रोक्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका