जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनएमबि बैंकका ग्राकहले दराजबाट सामान खरिद गर्दा १५% छुट पाउने

एनएमबि बैंकका ग्राकहले दराजबाट सामान खरिद गर्दा १५% छुट पाउने

एनएमबि बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म पाउने भएका छन् ।

बैंक र अनलाईन बजार दराजसँग नयाँ वर्षको अवसरमा अनलाइन सपिंग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गरेका छन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नयाँ वर्षको उपलक्ष्यमा चैत २८ देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका