जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइबिएल स्टेबल फन्डको सार्वजनिक

एनआइबिएल स्टेबल फन्डको सार्वजनिक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कोष प्रवद्र्धक तथा एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआइबिएल म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेबल फण्ड’को सार्वजनिक निष्कासन मंगलबारबाट सुुरु भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंसिर २१ मा योजना सञ्चालन अनुमति दिएको थियो। योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको छ। यो हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना रहेको कम्पनीले बताएको छ। योजना अवधिभर वार्षिक १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिन सक्ने प्रक्षेपण छ।योजनाको सार्वजनिक निष्कासन मितिदेखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ सम्म रहनेछ।

लगानीकर्ता (व्यक्ति तथा संस्था)ले योजनामा न्यूनतम एक हजारदेखि अधिकतम १० करोडसम्म लगानी गर्न सक्नेछन्। लगानीकर्ताले आफ्नो सी–आस्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका