जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सन्राइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सन्राइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउँने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले मंगलबार प्रदेश ५, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.३ शान्तिबजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको थियो । साथै मंगलबार बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ विरुवाटारमा ८९ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पूरन धामी र विरुवाटारकी हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

2520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका