जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंंकका सीइओ प्रदयूमन पोखरेल विजयी

मुक्तिनाथ विकास बैंंकका सीइओ प्रदयूमन पोखरेल विजयी

मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष
श्री प्रदयूमन पोखरेल ज्यूले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी हुनु भएको छ ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजय बाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका