जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देउराली सहकारीका सञ्चालक चौलागाईलाई १७ करोडको धितोमा १८ करोड भन्दा बढी कर्जा दिएको खुलासाः मेगा बैंक नेपाल लिमिटेडकी तत्कालीन का.मु. सीइओ रविना र कर्जा विभाग प्रमुख (डिजिएम) अमित माथी छानवीन गर्दै सीआईबी

देउराली सहकारीका सञ्चालक चौलागाईलाई १७ करोडको धितोमा १८ करोड भन्दा बढी कर्जा दिएको खुलासाः मेगा बैंक नेपाल लिमिटेडकी तत्कालीन का.मु. सीइओ रविना र कर्जा विभाग प्रमुख (डिजिएम) अमित माथी छानवीन गर्दै सीआईबी

सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काम साविवको मेगा बैंक नेपाल लिमिटेडबाट भएको खुलासा भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी तत्कालीन का.मु. सीइओ रविना देशराज श्रेष्ठले अत्यन्तै कमशल धितोमा १७ करोड कर्जा देउराली सहकारीका सञ्चालक रबिन्द्र चौलागाईलाई दिएको भेटिएको छ । मेगा बैंकमा रबिना देशराज श्रेष्ठ का.मु. सीइओ भएको बेला उक्त कर्जा फाइल स्वीकृत भएको देखिन्छ । हाल मेगा बैंक नेपाल लिमिटेड नेपाल इन्भेष्टमेण्ट बैंकसंग मर्जर भएको छ । रबिन्द्र चौलागाईको कर्जा बढेर साँवा ब्याज सहित २० करोड भन्दा बढि पुगेको छ । अब उक्त जग्गाको विक्रीबाट पनि बैंकले कर्जा उठाउन सक्ने अवस्था देखिदैन । गर्भनर साब हेक्का होस् । कर्जा नउठ्ने भएपछि धितो कमशल भएकै कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले उक्त कर्जा छानवीन गर्न नेपाल प्रहरीको (सीआईबीमा) पठाउने तयारी गरेको राष्ट्र बैंक स्रोतको दाबी छ । यदी यो कमशल धितोबाट गएको १८ करोड कर्जा काण्डको फाइल सीआईबीमा गयो भने तत्कालीन मेगा बैंक नेपाल लिमिटेडकी का.मु. सीइओ रविना देशराज श्रेष्ठ र कर्जा प्रमुख (डिजीएम) अमित श्रेष्ठ जेल जाने पक्का पक्की देखिन्छ । हेक्का होस् ।

रविन्द्रले जग्गामा बैंकमा ऋण नभएको र तत्काल पास गरेर दिने बताएपछि प्रतिआना ८५ लाखका दरले १७ करोड ८५ लाख रुपैयाँमा जग्गा लिने गरी बैनाका लागि शंखमुलको एक रेष्टुराँमा भेट्ने सहमती भयो । बैना गर्नुअघि उनले जग्गामा केही समस्या छ कि भनेर बुझ्न आफ्ना कर्मचारीलाई मालपोत कार्यालय, ललितपुर पठाए । बल्ल थाहा भयो, यो जग्गा धितो राखेर चौलागाईंले साविकको मेगा बैंक नेपाल लिमिटेडबाट १८ करोड ५० लाख ऋण लिएका रहेछन् ।

काठमाडौंमा सिमेन्ट रडलगायतका निर्माण सामग्रीको कारोबार गरिरहेका एक व्यवसायी सटरसँगै गोदाम पनि राख्न मिल्ने जग्गा खोजिरहेका थिए । सातदोबाटो एन्फा कम्प्लेक्स नजिकै २१ आना जग्गा भेटे, जुन देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको नाममा थियो । रविन्द्रले जग्गामा बैंकमा ऋण नभएको र तत्काल पास गरेर दिने बताएपछि प्रतिआना ८५ लाखका दरले १७ करोड ८५ लाख रुपैयाँमा जग्गा लिने गरी बैनाका लागि शंखमुलको एक रेष्टुराँमा भेट्ने सहमती भयो । बैना गर्नुअघि उनले जग्गामा केही समस्या छ कि भनेर बुझ्न आफ्ना कर्मचारीलाई मालपोत कार्यालय, ललितपुर पठाए । बल्ल थाहा भयो, यो जग्गा धितो राखेर चौलागाईंले साविकको मेगा बैंक नेपाल लिमिटेडबाट १८ करोड ५० लाख ऋण लिएका रहेछन् । जग्गा बैंकले रोक्का राखेको रहेछ । ‘त्यो जग्गामा फस्नबाट त बचेँ, तर चलनचल्तीको भाउमा १७ करोड ८५ लाख मूल्यांकन भएको जग्गामा मेगा बैंकले कसरी साढे १८ करोड ऋण दियो भनेर आश्चर्य लागेको छ । ति ग्राहकले पंक्तिकारसंग बताए । किनभने जग्गाको कुल धितो मूल्यांकनको ४० प्रतिशतमात्रै कर्जा बैंकले दिने गर्छ । नि होइन र ? देउराली सहकारीका सञ्चालक चौलागाईंले बचतकर्ताको बचत दुरुपयोग मात्र गरेका छैनन्, कमशल धितोमा करिब चार अर्ब ऋण लिएर पाँचवटा बैंकलाई जोखिममा पारेको देखिन्छ । उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट कुल ४ अर्ब रुपैयाँ ऋण लिएको देखिएको भेटिएको छ ।

पूजा मार्केटिङमा एनआईसी एसिया बैंकको ७ करोड रुयैयाँ ऋण रहेको राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग बतायो । रविन्द्र चौलागाईलाई ऋण प्रवाह गरेका बैंकहरूबीचको अनौपचारिक छलफलमा ४ अर्ब रुपैयाँमाथि बैंकको लगानी जोखिममा परेको एक बैंकका सीइओले पंक्तिकारसंग बताए । सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब, बैंकबाट ऋण दिएको ४ अर्ब तिर्न नसक्ने भएपछि चौलागाईं फरार छन् ।

हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट मात्रै उनले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका छन् । यति ठूलो प्रवाह भएको ऋणमा आधा मूल्यको सम्पत्ति पनि धितो छैन । भन्दा फरक पर्दैन । गर्भनर साब यो कस्तो बैकिङ्ग हो । कहाँ छ राष्ट्र बैंक ? सिटिजन्स बैंकको २५ करोड, मेगा बैंक नेपालको १८ करोड ५० लाख रुपैयाँ ऋण सातदोबाटोको जग्गा धितोमा मात्रै छ । उनको पूजा मार्केटिङमा एनआईसी एसिया बैंकको ७ करोड रुयैयाँ ऋण रहेको राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग बतायो । रविन्द्र चौलागाईलाई ऋण प्रवाह गरेका बैंकहरूबीचको अनौपचारिक छलफलमा ४ अर्ब रुपैयाँमाथि बैंकको लगानी जोखिममा परेको एक बैंकका सीइओले पंक्तिकारसंग बताए । सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब, बैंकबाट ऋण दिएको ४ अर्ब तिर्न नसक्ने भएपछि चौलागाईं फरार छन् । ‘अर्बौं रुपैयाँ अपचलन गरेर ऋण तिर्न नसक्ने अवस्था आएपछि अहिले भागेर हिँडेको देखिन्छ । तर प्रहरीले उनीलाई खोजी रहेको छ ।

ऋण २ अर्ब २५ करोड छ, धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य आधा पनि छैन, त्यसमाथि अहिलेको अवस्थामा लिलामीमा ग्राहक पाउन असम्भव जस्तै छ, यस्तो अवस्थामा सम्पत्ति बिक्री मार्फत् ऋण असुली हुने सम्भावना देखिदैन । प्रभु बैंक उच्च स्रोतको दाबी छ । अन्य बैंकको ऋणको अवस्था पनि त्यस्तै छ । सञ्चालक रविन्द्र फरार भएपछि देउराली सहकारीका साथै उनको अरु कम्पनी पनि बन्द छन् । ललितपुरको सातदोबाटोस्थित सहकारी र अन्य कम्पनीको कार्यालय रहेको भवनबाट बोर्डहरू हटाइएको छ ।

साविकको सेञ्चुरी कमर्सियल बैंकले रविन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको थियो । त्यो ऋण पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र उनी स्वयम्का नाममा लिएको भेटिएको छ । सो कर्जा सेञ्चुरी बैंकका तत्कालीन सीइओ तुलसी गौतमकै पालामा गएको देखिन्छ । कर्जा चुक्ता नभएपछि धितो लिलामीका लागि प्रभु बैंकले तीनपटक सूचना जारी गरिसकेको छ, तर सम्पत्ति लिलाम बिक्री नहुने हो कि भन्ने डर बैंकको छ । ऋण २ अर्ब २५ करोड छ, धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य आधा पनि छैन, त्यसमाथि अहिलेको अवस्थामा लिलामीमा ग्राहक पाउन असम्भव जस्तै छ, यस्तो अवस्थामा सम्पत्ति बिक्री मार्फत् ऋण असुली हुने सम्भावना देखिदैन । प्रभु बैंक उच्च स्रोतको दाबी छ । अन्य बैंकको ऋणको अवस्था पनि त्यस्तै छ । सञ्चालक रविन्द्र फरार भएपछि देउराली सहकारीका साथै उनको अरु कम्पनी पनि बन्द छन् । ललितपुरको सातदोबाटोस्थित सहकारी र अन्य कम्पनीको कार्यालय रहेको भवनबाट बोर्डहरू हटाइएको छ । देउराली सहकारीसँग सम्बद्ध एक अधिकारीका अनुसार व्यक्तिगत रुपमा रविन्द्रलाई ऋण दिएकाहरूले मुद्दा हालेपछि धेरैजसो सम्पत्ति दोस्रो÷तेस्रो रोक्कामा परेको देखिन्छ । सचेत भया ।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका