जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • माघीले टुडिखेलमा अत्याधिक भीड, चेपिएर ८ जना घाइते

माघीले टुडिखेलमा अत्याधिक भीड, चेपिएर ८ जना घाइते

काठमाडौंको टुडिखेलमा अत्याधिक भीडभाड देखिएको छ । माघ १ गते अर्थात माघी पर्वको अवसरमा सोमबार नेपाल मगर सङ्घले आयोजना गरेको मगर साँस्कृतिक महोत्सवमा सहभागी हुन गएका सर्वसाधारणहरुको अत्याधिक भीड देखिएको हो ।

यससँगै उक्त भीड अनियन्त्रित हुँदा चेपिएर आठ जना घाइते भएका छन् । टुडिखेल भित्र जाने र बाहिर निस्कनेहरु धेरै हुँदा उक्त गेटमा भीड बढेको र उनीहरु चेपिएका प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका