जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नाडाका प्रतिनिधिलाई अर्थमन्त्रीले भने-तत्काल गाडी आयात खुल्दैन

नाडाका प्रतिनिधिलाई अर्थमन्त्रीले भने-तत्काल गाडी आयात खुल्दैन

अर्थमन्त्री जनार्दन शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकले गत चैत २१ गते गाडी आयात गर्दा एलसी नखोल्न बैंक बित्तीय संस्थालाई निर्देशन दिएपछी गाडी आयात रोकिएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् ।

एसोसिएसनले अर्थ मन्त्री शर्मासँग गाडी सहजै ल्याउनु पाउनुपर्ने माग गरेको थियो । मन्त्री शर्माले अहिले देशको अर्थतन्त्र अलि दबाबमा रहेको भन्दै यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो बताए ।

‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला’ उनले भने ‘यो केही समयका लागि मात्र हो ।’ उनले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको उल्लेख गरे ।

सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको भन्दै यो गलत भएको उनको तर्क छ ।

भेटघाटमा नाडाका अध्यक्ष धुर्व थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्र्दै ३ खर्ब ५० अर्ब भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पुर्याएको बताए ।

अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरे । उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिन माग गरे ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका