जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने

सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता बैशाख ११ गतेदेखि हुने भएको छ ।

करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ ।

पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ ।

दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

3190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका