जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • डिशहोम फाइबरनेट सेवा तुलसीपुरमा विस्तार

डिशहोम फाइबरनेट सेवा तुलसीपुरमा विस्तार

डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, मिर्चैया, विराटनगर, नेपालगन्ज, धनगढी, सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल दाङको तुलसीपुरमा सुरुआत भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दैछ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध छन्।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

3025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका