जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घट्यो

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घट्यो

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०ले आज सार्वजनिक गरेको वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो।

एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत वैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ।–

5470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका