जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ ।

सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन ।

तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल भन्छन्, ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।’

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका