जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • गुँरास, प्राइम र युनियन लाइफको प्रारम्भिक मर्जर सम्झौतालाई बीमा समितिको स्वीकृति, मर्ज कहिले?

गुँरास, प्राइम र युनियन लाइफको प्रारम्भिक मर्जर सम्झौतालाई बीमा समितिको स्वीकृति, मर्ज कहिले?

मर्जरमा जाने निर्णय गर्दै हालै प्रारम्भिक सम्झौता गरेका तीन जीवन बीमा कम्पनीहरुको मर्जर सम्झौतालाई बीमा समितिले स्वीकृति दिएको छ।

गुँरास, प्राइम र युनियन लाइफ कम्पनीहरुबीच भएको प्रारम्भिक मर्जर सम्झौतालाई समितिले स्वीकृत गरेको हो। युनियन लाइफका सीईओ मनोजलाल कर्णसहितका प्रतिनिधिले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मर्जरको उक्त सम्झौतापत्र बुझाएका थिए।

सोपछि चुक्ता पुँजी वृद्धिको उद्देश्यका साथ गर्न लागिएको यी कम्पनीको मर्जरलाई समितिले स्वीकृति दिएको सिलवालले बताए।

मर्जर सम्झौता गरेका तीन बीमा कम्पनी गाभिएर एकीकृत कम्पनीको स्वरुपमा आउँदा यिनको संयुक्त पुँजी सात अर्ब ७३ करोड रुपैयाँभन्दा बढीसम्म पुग्न सक्छ, यदि तीनै कम्पनी एक बराबर एकको अनुपातमा गाभिने हो भने। तर अहिले प्रारम्भिक चरणमै भएकाले सेयर अनुपात भने सम्बद्‍ध कम्पनीहरुले खुलाएका छैनन्।

यी तीन कम्पनीमध्यै चैत मसान्तसम्ममा सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफ इन्स्योरेन्सको (करिब २ अर्ब ७८ करोड रुपैयाँ) छ। सोपछि युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोडभन्दा केही बढी छ।

समितिबाट प्रारम्भिक सम्झौता स्वीकृत भए पनि यी कम्पनीको एकिकृत कारोबार कहिलेबाट हुन्छ भन्ने यकिन भइसकेको छैन।

गत २२ वैशाखमा पनि निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए। उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो थियो।

समितिले‍ चैत २०७९ सम्ममा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। जीवन बीमाले पाँच अर्ब र निर्जीवनले साढे दुई अर्ब पुँजी पुर्याउनुपर्ने छ।

यसअनुसार पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरुले मर्जरमा जानुको विकल्प छैन यतिबेला। हकप्रद र बोनस सेयरबाट समितिले तोकेको पुँजी पुर्‍याउन सम्भव नभएपछि पछिल्लो १० दिनमा नै पाँच कम्पनीहरु मर्जरमा जाने गरी प्रारम्भिक सम्झौता गरिसकेका छन्। जसमा यी तीन जीवन बीमा कम्पनीहरुबाहेक युनियन र एभरेष्ट गरी दुई निर्जीवन बीमा कम्पनीहरु पनि छन्।

गत २२ वैशाखमा पनि निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए। उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो थियो।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?