slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • रिलायबलले डाक्यो साधारणभा

जीवन बीमा

रिलायबलले डाक्यो साधारणभा

रिलायबलले डाक्यो साधारणभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २५ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको ९२ औ बैठकले ज्ञानेश्वरमा चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभामा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने शेयरको प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै साभामा पूँजी बृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव गरेको छ । जसमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । तर कम्पनीले कति प्रतिशत हकप्रद शेयर जारी गर्ने भन्ने विषयमा खुलाएको छैन ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जनाको निर्वाचन गर्ने भएको छ । साथै सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने भएको छ । जेठ २५ गते तय भएको साभामा संचालक समितिको चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने सामान्य प्रस्ताव रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु एनएफआरएस अनुसारको वित्तीय विवरण उपर छलफल गरी पारिने गर्ने सामान्य प्रस्ताव रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । विद्यमान लेखापरीक्षकलाई पुन नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाले पनि नयाँ लेखापरीक्षकलाई नियुक्त गर्ने भएको हो ।

अन्य बीमा कम्पनीहरुले मर्जरका लागि छलफल तथा सञ्चालक समितिलाई मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउने विशेष प्रस्ताव गर्दै गर्दा कम्पनीले भने मर्जरको कुरा उल्लेख गरेको छैन

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका