जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो । 

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालिको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँर्दै आई रहेको छ ।   

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्् । उक्त केबुलकार सुविधा  पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको  बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।   

1865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका