जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट बैंकको धितोपत्र कारोबार फुुकुवा

नेपाल इन्भेष्टमेण्ट बैंकको धितोपत्र कारोबार फुुकुवा

नेपाल इन्भेष्टमेण्ट बैंकको धितोपत्र कारोबार फुकवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीका आधारभुत शेयरधनीहरु बाहेकका शेयरधनीको धितोपत्र जेठ १६ गते सोमवारदेखि फुकुवा भएको हो । शेयर कारोबार फकुवा भएसँगै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४०५ मा खुला भएको थियो । खुला भएसँगै शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत घटेर रू. ३६७ दशलमव ७० मा झरेको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा १ लाख ३७ हजार ४२६ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । यस बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो  । 

मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर कारोबार सुचारु भएको हो  । यसअघि नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । 

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?