जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मर्जरको तयारी गर्न बैंकलाई गभर्नरको सुझाव,

मर्जरको तयारी गर्न बैंकलाई गभर्नरको सुझाव,

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअ अधिकारीले बैंकिङ क्षेत्रको विकास र विस्तारमा पछिल्लो राजनैतिक घटनाले असर गर्ने बताएका छन् । उनले नेपाल बैंकर्स संघको बार्षिक साधारण सभामा बोल्दै बैंकिङ क्षेत्रलाई राजनैनिक परिवर्तनले असर गर्ने हुँदा सम्यमित भएर अघि बढ्न बैंकरहरुलाई सुझाएका छन् ।

‘राज्यले लिएको नीतिमा पछिल्ला राजनैतिक घटना परिस्थीतिले विकासको प्रक्रियामा असर पार्न सक्नेछ’ गभर्नर अधिकारीले उनले भने, ‘बैंकिङ क्षेत्रले ती परिस्थीतिभन्दा फरक किसिमले काम गर्नु पर्ने कर्तव्य हुन आउँछ ।’

संसार भरी नै अर्थतन्त्रमा कोरोनाले धेरै असर पारेको भएपनि केही विकसित मुलुकहरुले सोचेभन्दा राम्रो आर्थिक प्रगती गरेको उनले बताए । सोही प्रकारको नीति राज्यको भएको हुँदा नेपालका पनि केही क्षेत्र बाहेक रिकोभरी राम्रो हुने उनले दाबी गरेका छन् ।

साथै, गभर्नर अधिकारीले असहज परिस्थीतिमा पनि राज्य लिएको नीति र राष्ट्र बैंकले दिएको सहुलियतलाई गलत भावले बैंकर्स तथा सरोकारवालाहरुले बुझेको गुनासो गरेका छन् । उनले कोरोनाले थलिएको अर्थतन्त्रलाई पुनरउत्थान गर्न राष्ट्र बैंकले लिएको करेक्टिभ एक्सनलाई गलत तवरले बुझन नहुने बताए ।

‘राष्ट्र बैंकले हिजो मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गरिहँदा बजारमा भएका र बजारले व्यवहारमा उतारेका कतिपय विकृतिहरुलाई सम्बोधन गर्न केही इक्विमेन्टहरुलाई चलाएको कुरालाई यहाँहरुले नीति नै परिवर्तन गर्यो भनेर बजारमा म्यासेज दिनु सही होइनन्,’ उनले थपे, ‘हाम्रो नीति पोलिसी कन्सिस्टेन छ, उपकरणहरुको प्रयोग आवश्यकता अनुसार तलमाथि गर्नु पर्छ ।’

मौद्रिक उपकरणको प्रयोग गर्दा राष्ट्र बैंकले ‘माइक्रो म्यानेजमेन्ट’ मा छिरेर बैंकको व्यवस्थापन राष्ट्र बैंकले नगर्ने उनको भनाइ छ । साथै उनले बैंकहरु मर्जर तथा प्राप्तीमा जान चाहेमा राष्ट्र बैंकको तर्फबाट गर्नु पर्ने सहजिकरणको लागि सदैव तयार रहेको हुँदा मर्जर तथा प्राप्तीका लागि बैंकहरुले आवश्यक तयारी गर्न सुझाएका छन् ।

यसैगरी सोही कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्याण्नले पछिल्लो समय राष्ट्र बैंकले ‘माइक्रो म्यानेजमेन्ट’ गर्दा बैंकहरु असहज परिस्थीति सिर्जना भएको बताएका छन् ।

‘राष्ट्र बैंक अलिक बढि नै रियाक्टिभ एप्रोचमामा गएको छ, जसले गर्दा बैंकहरुलाई व्यवस्थापनमा नै गाह्रो हुन थालेको छ,’ उनले भने, ‘कुनै बैंकले ३/४ प्रतिशत नै बढी फि लियो होला तर सबै बैंकलाई भन्दैमा ०.७५ प्रतिशत तोक्नु ठिक होइन ।’

राष्ट्र बैंकले ‘माइक्रो म्यानेजमेन्ट’ गर्दा बैंकहरुलाई असर गरेको हुँदा कुनै पनि नीति निर्देशन जारी गर्दा बैंकर्स संघसँग परामर्श गरेर जारी गर्दा कार्यान्वयनको पाटो सहज हुने बताए । मौद्रिक नीतिमा भएको व्यवस्थामा धेरै संशोधन तथा परिवर्तन गरिरहन उपयुक्त नहुने उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकले लिएको विभिन्न नीतिका कारण देशको अर्थतन्त्र चाँडै पुनरउत्थान हुन सक्ने बताए ।

‘गत वर्षको ५ महिनामा बढेको कर्जाभन्दा यो वर्षको ५ महिनामा बढेका कर्जा २० प्रतिशत बढी छ,’ उनले भने, ‘कोभिडले प्रभाव पारेका व्यवसायीहरुले यसबीच राम्रो गर्ने सम्भावना धेरै छ ।’

पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा कर्जाको गुणस्तरमा र ब्याजदर स्थायित्वमा चुनौती थपिएको र त्यसको संबोधन गर्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्सहरुले पनि प्रयासरत रहेको उनले जानकारी दिए ।

उनले बैकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत घट्नाको अनुसन्धान तथा अभियोजन गर्ने हालको प्रणालीमा असल नियतले आफ्नो काम बैंकरहरुको इज्जत प्रतिष्ठामा आँच आएको बताए ।

‘समाजमा राम्रा र इमान्दार बैंकरको छबी आर्जन गरेका बैंकरहरुले पनि दुःख पाउने अवस्था आउँदा बंैंकिङ्ग क्षेत्रमा निराशाको अवस्था थियो,’ अध्यक्ष दाहालले थपे, ‘यस वर्षको मौद्रिक नीति मार्फत् सो ऐनमा आवश्यक संशोधनको प्रस्ताव गर्ने भनी उल्लेख भएकाले इमान्दार बैंकरहरुमा निर्धक्क काम गर्ने आशा पलाएको छ ।

3985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका