जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्रीलंकामा संकट अझ गहिरिदै, राष्ट्रपति निवास कब्जा , प्रधानमन्त्रीले पदबाट राजीनामा दिए

श्रीलंकामा संकट अझ गहिरिदै, राष्ट्रपति निवास कब्जा , प्रधानमन्त्रीले पदबाट राजीनामा दिए

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ । तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ । श्रीलंकामा आर्थिक संकटलाई लिएर सरकारको विरोध जारी छ । प्रदर्शनकारीले कार्यवाहक प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी घरमा आगजनी गरेका छन् । सुरक्षा बलको जवाफी कारबाहीमा ६ पत्रकारसहित ६४ जना घाइते भएको बताइएको छ ।

यसअघि शनिबार दिउँसो आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा कब्जा जमाएका थिए । राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् । उनीहरु कहाँ छन् कसैलाई थाहा छैन । उनी श्रीलंकामा छन् वा छैनन् भन्ने पनि खुलाइएको छैन । उनले जुलाई १३ मा राजीनामा दिनेछन् ।

राष्ट्रपति भवन जनताले कब्जा गरेपछि दबाब बढेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले पदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए जसमा सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए । श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा दिएमा सभामुख एक महिनाका लागि अन्तरिम राष्ट्रपति बन्न सक्छन् ।

श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। एक ठाउँमा जम्मा भएका आन्दोलनकारीले पाल टाँगेर सवारी साधनको हर्न बजााएर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो(गामाको नारा लगाएका थिए ।

उनीहरुको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो। यसैबीच अध्यक्ष गोटबायाको तर्फबाट पार्टीको निर्णयलाई सम्मान गर्ने बताइएको छ । गोटबाया विरुद्ध यति धेरै आक्रोश छ कि पेट्रोलको पैसा नहुँदा मानिसहरु पैदल हिँडेर आन्दोलनमा सहभागी हुन आएका छन् ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।

यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो । तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका