जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभू महालक्ष्मी लाइफबाट रमेश भट्टराईको ग्रेसफूल विदाई

प्रभू महालक्ष्मी लाइफबाट रमेश भट्टराईको ग्रेसफूल विदाई

जीवन बीमा क्षेत्रका पायोनियर र उदाहरणीय सीइओको परिचय बनाएका रमेशकुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्रेसफूल विदाई गरेको छ ।
पूर्व सहमतिअनुसार विभिन्न सेवासुविधासहित सीइओ भट्टराईलाई कम्पनीले ग्रेसफूल विदाई गरेको हो ।

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक सञ्चालकाअनुसार यो वर्ष वार्षिक साधारणसभालगत्तै आफूले विदा लिने भट्टराईले पहिला नै जानकारी गराइसकेका थिए । त्यसमा सञ्चालक समितिले सहमति जनाएको थियो । त्यहीअनुसार साधारणसभा सकेपछि सीईओ भट्टराईलाई सेवासुविधासहित ग्रेसफूल विदाई गरिएको ती सञ्चालकले जानकारी दिए ।

‘उहाँको नेतृत्वमा तत्कालीन प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सफल मर्जर भयो । उहाँले मर्जरपछि पनि कर्मचारीलाई बिना भेदभाव कम्पनीलाई एकढिक्का बनाएर हाँक्नुभयो ।’ ती सञ्चालकले बिजशालासँग भने–‘तर पछिल्लो समय उहाँले आफ्नो उमेरका कारण पनि अब सक्रिय भएर काम गर्ने मन नरहेको बताउनुभएको थियो । हामीले उहाँको इच्छाअनुसारकै ग्रेसफूल विदाई गरेका हौं ।’

६७ वर्षीय भट्टराई विगत २८ वर्षदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय व्यक्ति हुन् । जीवन बीमा कम्पनीमा अहिले अग्रणी स्थान बनाएको नेपाल लाइफ इन्स्योरेन्सको पनि उनी संस्थापक सीइओ हुन् ।

भट्टराईले अवकाश रोजेसँगै प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी सन्तोष प्रसाईले पाएका छन् । केही समयपछि उनैलाई फूल सीइओ बनाउने योजना रहेको ती सञ्चालकले जानकारी दिए ।

अर्का एक सञ्चालकले भने सीईओ भट्टराईले आफू अनुकुल सञ्चालक समिति नबनेपछि अवकाशको इच्छा व्यक्त गरेका र सोहीअनुसार विदा गरेको जानकारी दिए । ‘दुई कम्पनीलाई सफल मर्जर गराई बीमा बजारमा प्रतिस्पर्धी बनाउने उहाँलाई हामीले सम्माजनक विदाई गरेका छौं ।’ ती अर्का सञ्चालकले भने–‘उहाँलाई विदाई गर्दा निकै राम्रो सेवा सुविधा पनि उपलब्ध गराएका छौं ।’

स्वेच्छिक अवकाश योजना

कम्पनीले सीईओ भट्टराईको विदाई सँगसँगै अन्य कर्मचारीहरुका लागि पनि स्वेच्छिक अवकाश योजना अगाडि सारेको छ । कर्मचारी कटौतिको उद्देश्यले यस्तो योजना ल्याइएको हो ।

यो योजनाबाट केही उपल्लास्तरका कर्मचारीहरु पनि विदाई हुने सञ्चालकहरुको अपेक्षा छ । ‘केही उच्च तहका कर्मचारीको पनि आवेदन परिसकेको छ ।’ ती सञ्चालकले भने–‘कर्मचारी कटौतिपछि झनै चुस्त टिम बन्नेछ र कम्पनी अब तीव्र गतिमा प्रगति पथमा अगाडि बढ्नेछ ।’

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका